पोखरा । गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो ।

अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उहाँकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरे । भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा रहेको प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेश प्रमुखद्वयले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र त्यहाँ भइरहेका गतिविधिबारे अनुभव साझा गरेका थिए । प्रदेश–प्रदेशबीच भएका राम्रा कामहरूको अनुसरण गर्ने, प्रदेश कार्यालयमा भए गरेका काम र अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको गण्डकी प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुखद्वयले प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिएका थिए । स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारी, कार्यालयका उपसचिवद्वय रामेश्वर अर्याल र प्रविण पौडेल, लेखाअधिकृत युवराज पौडेल, बागमती प्रदेश प्रमुख कार्यालयका स्वकीय सचिव थानेश्वर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गरे भने गण्डकी प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको तस्वीर समेटिएको फ्रेमसहितको मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला