पाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित प्रदेश स्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
उनले अन्य साना कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद्, सडक, प्रदेश र स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने बताए।
दाहालले नेपाली कम्युनिष्ट पार्टीको एकताको महाअधिवेशनबाट क्रमभंगता हुने दाबी गरे। उनले आफूहरूलाई सँधै नेतृत्वमा टाँसिएको आरोप लागिरहेको भन्दै आफूहरू नेतृत्वमा नबस्ने स्पष्ट पारे।
पार्टीमा सशक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउने गरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहेको दाबी गरे। उनले भने,‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी नयाँ पार्टी बनाउने रणनीति नेतृत्वले तयार पारिरहेको छ।’
दाहालले कार्यकर्तालाई ढाडस दिँदै भने,‘फेरि पनि देशको नेतृत्व गर्ने हामीले नै हो तपाईहरू निश्चिन्त हुनुहोस्।’ आगामी महाअधिवेशनमा प्रचण्डको अन्तिम क्रमभंगता कस्तो हुन्छ भन्ने हेर्न पनि कार्यकर्तालाई उनले आग्रह गरे।
सम्बन्धित खबर
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
कृष्णभीरको सडक दुई/तीन दिनभित्रैमा सञ्चालनमा ल्याउने तयारी
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं
बालेनलाई आशिकाको प्रश्न- मन्त्रीहरू परिवर्तन गरेर मात्र देश परिवर्तन हुन्छ ?
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबारको पुनःनिर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुन्छ भन्ने कसरी पत्याउने ?
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने