सुस्तावासीको काठमाडौंमा मागः ‘भारतको सामना गर्न लालपुर्जा, नागरिकता र जङ्गे पिलर देउ’

आन्दोलन

सुस्तावासीको काठमाडौंमा मागः ‘भारतको सामना गर्न लालपुर्जा, नागरिकता र जङ्गे पिलर देउ’

susta-pro

नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

आफूहरूसँग नेपाल नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुख दिएको भन्दै उनीहरूले काठमाडौं आएर आन्दोलन सुरु गरेका हुन् ।

उनीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने लगायतका तीन बुँदे माग अघि सारेका छन् ।

आन्दोलनका लागि काठमाडौं आएका सुस्तावासीहरूले जेठ १३ गतेपछि भारतीय सुरक्षाकर्मीले हातहतियार सहित पटक–पटक नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली भूमि मिच्ने प्रयास गरिरहेको जनाएका छन् ।

भारतीय पक्षको सामना गर्न सुस्ताको लालपुर्जा, नेपाली नागरिकता र सिमानामा ’जङ्गे पिलर’ कायम हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

भारतीय सुरक्षाकर्मीले पटक पटक नेपाली नागरिकको प्रमाणपत्र र जग्गा नेपालको भएको लालपुर्जा देखाउन दबाब दिने गरेको उनीहरूको भनाइ छ ।

‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताको माटोसहित काठमाडौं आएका नागरिकहरूले आफूहरूको माग सुनुवाइ नभएसम्म घर नफर्कने जनाएका छन् ।

सरकारले आफूहरूको मागप्रति कुनै सुनुवाइ नगरे आन्दोलनलाई थप सशक्त र क्रमिक रूपमा बढाउँदै लैजाने चेतावनी उनीहरूले दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ