काठमाडौं : पार्टी एकता सम्भव नभए वैकल्पिक शक्ति वा नयाँ संगठन बनाउनुपर्ने आवाज कांग्रेसको संस्थापन इतर पक्षमा बलियो बन्दै गएको छ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको १४औं महाधिवेशनबाट निर्वाचित उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा अधिकांश नेताले अब अलमल नगरी छिटो निर्णय गर्न नेतृत्वलाई दबाब दिएका थिए।
बैठकपछि नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्र एकताका लागि अन्तिमसम्म प्रयास गर्नुपर्ने, तर त्यो सम्भव नभए नयाँ पार्टी बनाउने सुझाव आएको बताए। ‘लोकतान्त्रिक आन्दोलनको विरासतलाई जोगाउँदै वैकल्पिक शक्ति वा संगठन निर्माण गर्न पनि पछि हट्न नहुने सुझाव आएको छ,’ विश्वकर्माले भने, ‘अधिकांश नेताको साझा धारणा अब ढिलाइ नगरी स्पष्ट निर्णय लिनुपर्ने रहेको छ।’ उनका अनुसार कांग्रेसलाई निरन्तरता दिन सबै नेताहरू एक ठाउँमा उभिनुपर्ने, साझा निर्णय गर्नुपर्ने र आवश्यक परे नयाँ संगठन निर्माण गर्न पनि हिच्किचाउनु नहुने चरणमा छलफल भइरहेको छ।
बैठकमा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले नेतृत्वलाई अब निर्णायक कदम चाल्न आग्रह गरे। उनले सभापति गगन थापाले सदस्यता अद्यावधिक नगरेकालाई पार्टी सदस्यका रूपमा नचिन्ने अभिव्यक्ति दिइसकेपछि अब थप पर्खनुपर्ने अवस्था नरहेको बताए।
‘संस्थापन पक्षलाई चुप लागेर पर्याप्त अवसर दिइसकेको छ। त्यसलाई कमजोरी ठान्न मिल्दैन। यथाशीघ्र छिटो निर्णय गरौं,’ बलायरले भनेका थिए। बलायरले कार्यकर्ताबाट पनि अब पछि नहट्न आग्रह आउने गरेको उल्लेख गर्दै इतिहासको नाममा झुकिरहन नहुने बताए। उनले नेतृत्वलाई जनतामाझ जान तयार रहेको सन्देश दिँदै अब संगठन विस्तार र नयाँ यात्राको स्पष्ट खाका ल्याउन दबाब दिएका छन्।
बैठकमा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पनि विशेष महाधिवेशन कसैको सहयोगमा भएको दाबी गर्दै अब इतर समूहले आफ्नै राजनीतिक बाटो तय गर्नुपर्ने धारणा राखेका थिए। उनले सभापति थापाबाहेक अन्यसँग वार्ता नगर्न सुझाव दिँदै साउन १५ गतेभित्र राष्ट्रिय भेला आयोजना गरेर अन्तिम निर्णय लिनुपर्ने प्रस्ताव गरेका थिए।
बस्नेतले नेतृत्वलाई अब ‘माइन्ड मेकअप’ गरेर अघि बढ्न आग्रह गर्दै एकताका लागि निश्चित समयसीमा तोक्न, सम्भव नभए नयाँ राजनीतिक अभियानको घोषणा गर्नुपर्ने बताए। सम्पर्क कार्यालय सञ्चालनदेखि संगठन विस्तारसम्म आफू पूर्णरूपमा तयार रहेको उनले बताए। बैठकले साउन ६ गते बीपी स्मृति दिवस भव्य रूपमा आयोजना गर्ने प्रस्ताव अनुमोदन गरेको छ। सोमबारदेखि सुरु भएको बैठक बुधबार पनि जारी रहनेछ।
सम्बन्धित खबर
कांग्रेस इतर पक्षका नेताको दबाब : ‘एकता नभए नयाँ पार्टी बनाऔं’
देउवापुत्र जयबीरको नाममा सम्पत्तिः काठमाडौं, पोखरादेखि तराईमा समेत
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले सचेत हुन जरूरी
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
भदौ २३-२४ को घटनामा हामी मारिने अवस्थामा थियौं: प्रचण्ड
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड
यो पनि पढौँ
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
भदौ २३-२४ को घटनामा हामी मारिने अवस्थामा थियौं: प्रचण्ड