नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउछु भन्ने ठगी धन्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलवार खाण, रायमाझी लगायतलाई उक्त ठगीधन्धामा दोषी ठहर गरेको हो ।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाण ठगी तथा संगठित अपराधमा मतियारका रुपमा दोषी ठहर्ने अदालतको संक्षिप्त आदेशमा भनिएको छ ।
खाण केही समय पक्राउ परेर पछि उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका थिए । पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी भने ठगी तथा संगठितसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका छन् ।
राज्यविरुद्धको कसुर पूर्व गृहसचिव टेकनारायण पाण्डे, डा. ईन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र आङटावा शेर्पा पनि दोषी ठहर भएका छन् । आफ्नै नागरिकलाई शरणार्थी बनाउने कार्यले मुलुकको छवि बिगारेको अदालतको ठहर छ ।
बालकृष्ण खाणसँगै अन्य ५ जना पनि संगठित ठगीको ‘मतियार’ का रूपमा कसूरदार ठहर भएका छन् । मतियार ठहर हुनेहरूमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, खाणका तत्कालीन स्वकीय सचिव नरेन्द्र के.सी., हज समितिका पूर्व अध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल रहेका छन् ।
उनीहरूले ठगी कार्यमा नीतिगत, व्यवस्थापकीय र प्राविधिक सहयोग पुर्याएको फैसलामा उल्लेख छ ।
यसैगरी केही आरोपीले भने सफाइ पाएका छन् । सफाइ पाउनेको सूचीमा टोपबहादुरका छोरा सन्दीप रायमाझीसँगै पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापा पनि रहेका छन् ।
त्यस्तै, रामशरण केसी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले पनि प्रमाण नपुगेको भन्दै सफाइ पाएका छन् ।
तर शरणार्थी काण्डमा विचौलियाको काम गरेका बेचन झा ठगीमा दोषी ठहर भएका छन् ।
यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । फरार रहेका प्रतिवादीहरूको हकमा भने मुद्दा मुल्तवीमा राख्ने फैसला भएको छ । दोषी ठहर भएका सबैको सजाय असार २९ गते तोकिनेछ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा