काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ।
गणेशको अवस्थाबारे अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि अस्पतालको भनाइ छ। ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।
बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि गणेशको अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको अस्पतालले बताएको छ।
‘उहाँको जलनको प्रतिशत ५५ प्रतिशत रहेको छ,’ अस्पतालले भनेको छ, ‘बिरामीलाई भारत लैजाने तयारी थियो। तर, त्यसका लागि बिरामीको अवस्था स्थिर हुनुपर्छ। उहाँलाई जीवनरक्षक औषधि दिइरहेका छौँ।’
रक्तचाप अत्यधिक रहेको र भेन्टिलेटरमै भारत लैजाँदा अवस्था झन् बिग्रन सक्ने भएकाले स्वास्थ्य अवस्थामा सुधार नआएसम्म लैजान जोखिम हुने अस्पतालले जनाएको छ।
सम्बन्धित खबर
वीर अस्पतालले भन्यो– गणेश नेपालीको अवस्था चिन्ताजनक छ, कुनै पनि समयमा अवस्था बिग्रन सक्छ
बालकृष्ण खाण संगठित अपराधको मतियार, टोपबहादुर राज्यविरुद्धको कसुरमा दोषी ठहर
कांग्रेस इतर पक्षका नेताको दबाब : ‘एकता नभए नयाँ पार्टी बनाऔं’
देउवापुत्र जयबीरको नाममा सम्पत्तिः काठमाडौं, पोखरादेखि तराईमा समेत
पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले सचेत हुन जरूरी
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
यो पनि पढौँ
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
ट्याक्सी, बस लगायतका सार्वजनिक सवारीमा अब भित्र र बाहिर क्यामेरा अनिवार्य, यस्तो छ स्वीकृत मापदण्ड
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
भदौ २३-२४ को घटनामा हामी मारिने अवस्थामा थियौं: प्रचण्ड