एसओएस बालग्राम गण्डकीअन्तर्गत सञ्चालित एसओएस ह.मा.वि. गण्डकीमा ‘वार्षिक पुरस्कार वितरण समारोह–२०८३’ सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्।
विद्यालयका प्राचार्य चूडामणि सुवेदीको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन मन्त्री कार्कीले सरस्वती माताको तस्बिरमा माल्यार्पण तथा बिरुवामा जलसिञ्चन गरी गरेका थिए। कार्यक्रममा सहप्राचार्य प्रभाष पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने राष्ट्रिय गानसँगै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा लोकनृत्य प्रस्तुत गरेका थिए।
समारोहमा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट विद्यार्थीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाट कृषका बिकलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
त्यसैगरी, संस्थापक तथा पूर्वशिक्षिका जया बरालद्वारा स्थापित ‘नगेन्द्र कुमारी–नारायण स्मृति प्रतिभा पुरस्कार’ अन्तर्गत वर्ष २०७८–८० का लागि रोजमेरी खड्की र वर्ष २०८०–८२ का लागि सावसाङ थापालाई जनही २५ हजार रुपैयाँ नगद, प्रमाणपत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
विशिष्ट अतिथिका रूपमा उपस्थित एसओएस बालग्राम गण्डकीका योजना निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपभक्त आचार्य र पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा उपलब्धिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले गुणस्तरीय शिक्षाले नै समृद्ध प्रदेश निर्माणको आधार तयार गर्ने उल्लेख गरे। उनले प्रदेश सरकारले लक्षित वर्गका विद्यार्थीका लागि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको जानकारी दिँदै विद्यालयलाई आवश्यक पर्ने सहयोगका लागि प्रदेश सरकार सदैव सकारात्मक रहने प्रतिबद्धता जनाए।
विद्यालयको शैक्षिक वातावरणको प्रशंसा गर्दै मन्त्री कार्कीले यस विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गराउन पाएका अभिभावक आफूलाई भाग्यमानी ठान्न सक्ने बताए।
समारोहमा कार्यपालिका सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य मन्दिरा परियार, समिति सदस्य रेखादेवी राना, सहप्राचार्य वीरसिंह बुढा, चन्दादाता शारदा पराजुली, पूर्वविद्यार्थी तथा अभिभावक डा. रबिमोहन ढकाल, कर्मचारी युनियनका अध्यक्ष मिलन खत्रीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन तिलकप्रसाद काफ्ले र बिमला श्रेष्ठ प्रधानले गरेका थिए भने सभाध्यक्ष तथा प्राचार्य चूडामणि सुवेदीले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गरेका थिए।
सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित