नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको अवस्था बुझ्न र राज्यसँग जबाफ माग्न पुगेका युवामाथि कुटपिट गरी नियन्त्रणमा लिइनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय भएको बताएका छन्।
गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निःसर्त रिहा गर्न पनि उनले माग गरेका छन्।
माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापा लगायत युवामाथि निर्ममतापूर्वक कुटपिट गरिएको भन्दै थापाले भनेका छन्, ‘करूणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?’
लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले त्यसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन नसक्ने बताएका छन्।
उनले आफ्नो सामाजिक सञ्वालमा लेखेका छन्, ‘…चेत होस्, लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन। सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ। आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।’
उनले थप भनेका छन्, ‘फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो! गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निःसर्त रिहा गरियोस्!’
सम्बन्धित खबर
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ