काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारसँग सरकारले लगातार छलफल गरिरहेको छ ।
शनिबार साँझ ५ बजेदेखि सुरु भएको छलफल आइतबार बिहान पनि जारी छ ।
त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडी असार २५ मा आफैँलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगेर राखिएको छ । परिवारसँग सहमति नहुँदा पोस्टमार्टम सुरु भएको छैन् । काठमाडौँका प्रजीअ ईश्वरराज पौडेलले शव शिक्षण अस्पतालमा ‘फ्रिजिङ’ गरिएको बताए ।
शनिबार साँझ ५ बजेदेखि पीडितका परिवारसँग छलफल चलिरहेको प्रजीअ पौडेलले बताए । उनले भने, ‘छलफल भइरहेको छ ।’
काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ । त्यसबारे कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका थिए ।
मोटरसाइकल पार्किङको बारेमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । प्रहरीले महानगर प्रहरी मिना नगरकोटी, मिना तामाङ र अर्का एकजना पुरुषलाई घटनाबारे सोधपुछ गरेको थियो । आत्मदाह अघि मिना नगरकोटीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेर विवाद गरेको भेटिएको छ ।
घटना छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गणेश मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ का स्थानीय हुन् ।
सम्बन्धित खबर
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते