शिक्षामन्त्री सस्मितलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

राजनीति

शिक्षामन्त्री सस्मितलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

‘बालेन सरकार मुर्दावाद’ काे नारा

black baloon

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेललाई चितवनमा कालो झण्डा देखाइएको छ ।

विद्यार्थी संगठन खारेज, शिक्षामा लगाइएको कर र नयाँ कन्सल्टेन्सी नियमावलीविरुद्ध संयुक्त विद्यार्थी संगठन र कन्सल्टेन्सी सञ्चालकहरुले संयुक्त रुपमा कालो झण्डा प्रदर्शन गरेका हुन् ।

एउटा कार्यक्रमको लागि चितवन पुगेका मन्त्री पोखरेल चार दिनपछि राजधानी फर्कने क्रममा प्रहरीले एस्कर्टिङ गरेर विमानस्थल पुर्याएको थियो । प्रदर्शनकारीले ‘शिक्षामा लगाएको कर फिर्ता गर’, ‘बालेन सरकार मूर्दावाद’, ‘तानाशाही सरकार मूर्दावाद’ लगायतका नारा लगाए ।

उनी बेलुकी ६ बजेको उडानबाट राजधानी फर्किएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ