पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले पासपोर्ट ठेक्का प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर निष्क्रिय पार्ने प्रयास गरेको आरोप लगाएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्न नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको औँल्याए।
नेता थापाले विगतका सरकारहरूले आफ्ना मान्छे नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको र अहिलेको सरकारले दबाब सिर्जना गरेर त्यसलाई पंगु बनाउने काम गरिरहेको दाबी गरे। ‘दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार प्रभावकारी हुन सक्दैन,’ उनले भने, ‘हामीले त स्वतन्त्र संवैधानिक निकाय खोजेका हौँ।’
उनले सुशासनका लागि भ्रष्टाचारका पुराना फाइल खोल्ने कार्यभन्दा पनि भ्रष्टाचार रोक्न सक्ने बलियो संस्थागत प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिए। संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य बनाउन संविधान संशोधनसहितको गम्भीर छलफल आवश्यक रहेको उनको भनाइ छ।
थप विषयहरूमा धारणा राख्दै थापाले लोकतन्त्र, समावेशिता र नागरिकका मौलिक अधिकारमा कुनै पनि सम्झौता हुन नसक्ने स्पष्ट पारे। साथै, उनले आवासको हक र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने माग गरे।
थापाले प्रजातन्त्रलाई तलमाथि हुने कुरा कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्।
सम्बन्धित खबर
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सरकारप्रति जनताको विश्वास टुट्दै गएको छ: कांग्रेस
प्रदेशमा पालैपालो प्राथमिकता दिनेगरी मन्त्रालय बाँडफाँट गर्न ओली र प्रचण्डको निर्देशन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित