गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताएका छन् ।
गुरुपूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले गुरु र शिष्यबीचको सम्बन्ध विश्वास, अनुशासन, सम्मान, समर्पण र चरित्र निर्माणको रहने उल्लेख गरे ।
‘अधिकांश महान् व्यक्तित्वका पछाडि कुनै न कुनै प्रेरणादायी गुरुको मार्गदर्शन रहन्छ । गुरुको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित हुनुहुँदैन ।’ उनले भने– ‘गुरुहरूले सिकाएका आदर्शलाई व्यवहारमा उतार्नु, उहाँहरूप्रति सदैव आदर राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो ।’
शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उहाँको भनाई छ । ‘विद्यालयमा गरिने रचनात्मक कार्यहरुले नयाँ विद्यार्थीहरुलाई हौसलाका साथै शैक्षिक विकासमा पनि टेवा पुग्दछ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘आफ्ना बाल्यकालका स्मृतिहरूलाई ताजा गर्ने बहानामा मातृविद्यालयको हितका लागि सोच्नु, भाइबहिनीहरूको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु र विद्यालयको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्नु साँचो अर्थमा समाजसेवा पनि हो । आफूले प्राप्त गरेको ज्ञान, सीप र साधनलाई आफ्नै शिक्षाको जगको उन्नतिका लागि प्रयोग गर्नु नै असल नागरिकको पहिचान पनि हो ।’
कार्यक्रममा मञ्चले विद्यालय स्थापनादेखि २०४० सालसम्म अध्यापन गराउनुभएका शिक्षकहरूलाई सम्मान गरेको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा