काठमाडौँ — पाकिस्तानको ब्रड पिक हिमालमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको शव करिब ५,७०० मिटर उचाइमा फेला परेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, उद्धार टोली निम्सदाइ रहेको स्थानमा पुगेको र सोही क्षेत्रमा तीन अन्य शव पनि देखिएको, तर ती शवहरूको पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्।
खानका अनुसार उद्धार कार्य अत्यन्त कठिन भौगोलिक अवस्थामा जारी छ। यो जानकारी पाकिस्तानको स्थानीय समय अनुसार आज दिउँसो १२:४५ बजेको हो । निर्मल पुर्जासहित १० आरोही बिहीबार बिहान ९ बजेपछि सम्पर्कविहीन भएका थिए ।
निर्मल पुर्जा (निम्सदाइ) लगायतको शव सुरक्षित रूपमा तल ल्याउने उद्धार अभियान तीव्र गतिमा अगाडि बढेको छ । घटनास्थलमा खटिएको उद्धार टोली (ग्राउन्ड टिम) ले हालको स्थानबाट क्याम्प–१ सम्म शव ल्याउँदै छ ।
मिङ्मा डेभिड हाल स्वयं पाकिस्तान पुगेर उद्धार समन्वयमा संलग्न रहेका छन् ।
‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा
पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ ले शोक बिदा घोषणा गरेको छ ।
आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ । उनको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
कांग्रेस पूर्वसभापति देउवा दम्पति साउन २३ गते फर्किने
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन