उपचारको क्रममा सिंगापुरमा रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २३ गते नेपाल फर्किने तयारीमा रहेको बुझिएको छ ।
देउवा पत्नी डा. आरजु पनि साथै फर्किने तयारी छ । नियमित सम्पर्कमा रहेका नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङका अनुसार कुनै तिलस्मी घटना भएन भने देउवा दम्पती साउन २३ गते नेपाल फर्किनु हुनेछ ।
सम्पति शुद्धीकरण विभागले उपस्थित हुन पत्र काटेका बेला त्यसको जवाफ फर्काउदै देउवाले साउन २८ भित्र नेपाल आउने जानकारी गराएका थिए । सुरक्षा र राजनीतिक परिस्थितिले गर्दा उनी एकसाता अघि नै नेपाल फर्किन लागेको बुझिएको छ ।
पूर्वसभापति देउवा २३ गते फर्किने सूचना पाएपछि कांग्रेसले २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । साउन २९ देखि ३१ गतेसम्म कांग्रेस संस्थापनइतरले काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । उक्त भेलामा देउवा उपस्थित हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
स्वास्थ्य उपचारका लागि देउवा दम्पती फागुन १३ गते राती सिंगापुर प्रस्थान गरेका थिए । उनी सिंगापुर जाँदा कांग्रेस विवाद उत्कर्षमा थियो । अहिले विभाजन उन्मुख छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा