काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन् ।
उनले स-साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताए ।
सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्नसक्ने उनको भनाइ छ ।
कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताए ।
उनले जेनजी आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली हानेको आरोप लगाए ।
द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेनजी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उनको भनाइ छ ।
उनले कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए ।
उनले हालै भारतमा भएको सीजेपीको ठूलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उनको भनाइ छ । तर नेपालमा भने सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उनले बताए ।
उनले ढुंगानाले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गरे । सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले आग्रह गरे ।
उनले भने, ‘यत्रो आन्दोलनबाट आएको सरकारले यदि सिकेको छैन भने म सिक्न आग्रह गर्न चाहन्छु । अबको द्वन्द्व नियन्त्रण गर्दाखेरी एसएलआर लिएर पुलिसलाई पठाउने होइन अथवा सस्तो तरिकामा सेनालाई जंगी अड्डाबाट बाहिर निकाल्ने होइन । सानोदेखि सानो घटनामा पनि जंगी अड्डाबाट सेना निस्किन्छ भने सेनाको जुन वर्चश्व आजको दिनसम्म कायम थियो त्यो भोलि रहँदैन ।’
उनले थपे, ‘सायद अलिकति दीर्घकालीन सोच भएको सरकार भएको भए जंगी अड्डाबाट सेनालाई यस्तो फितलो तरिकामा निकाल्ने थिएन । तर क्षमता भएन कि विवेक भएन कि के भएन । यो तरिकामा सेनालाई सस्तो पारियो भने आउँदो दिनमा कुनै पनि खालको द्वन्द्व जस्तो घटनामा धेरैको ज्यान जान सक्छ ।’
उनले सरकारलाई पेट्रोलियम पदार्थमा भइरहेको मिसावट रोक्न र मूल्य घटाउन पनि आग्रह गरे । उनले नेपालमा चीन विरोधी गतिविधि भईरहेको उल्लेख गर्दे सरकारको पराराष्ट्र नितिप्रति पनि प्रश्न उठाए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकार असफल भएको कांग्रेसको दाबी, भन्यो – ‘जनविश्वासको संकटमा घेरिएको सरकार विषयान्तर गर्न माहिर छ’
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो