ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह

राजनीति

ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह

gauri kumari

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले देशका विभिन्न स्थानमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति असहजता केही दिनभित्रै पूर्ण रूपमा समाधान हुने बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले ग्यासको आपूर्तिलाई सहज बनाउन सरकारले आवश्यक समन्वय र व्यवस्थापन गरिरहेको जानकारी दिइन्।

उनले हाल देखिएको अवस्थालाई लिएर अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न उपभोक्तालाई आग्रह गर्दै आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सञ्चय नगर्न अनुरोध गरिन्।

मन्त्री कुमारीले ग्यासको सहज तथा न्यायोचित वितरण सुनिश्चित गर्न वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारणलाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds