नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किंदा धरपकड भए पार्टीले कडा प्रतिवाद गर्ने बताएका छन्।
शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा देउवा पनि सहभागी हुने बताए। देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनले जानकारी दिए।
देउवालाई सरकारले धरपकड गर्न सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा कोइरालाले त्यस्तो अवस्था आउने सम्भावना नरहेको बताए। तर, धरपकड गरिए पार्टीले त्यसको कडा प्रतिवाद गर्ने उनको चेतावनी थियो।
पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोप्रति खुशी व्यक्त गर्दै कोइरालाले अदालतको पछिल्लो आदेशको स्वागत गरे। देउवाको तर्फबाट दायर न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले साउन २१ गते पुनरावलोकनका लागि अनुमति दिएको थियो।
अदालतको निर्णयले आगामी न्याय निरूपणबाट कांग्रेसले न्याय पाउने विश्वास थप बलियो भएको कोइरालाले बताए। सर्वोच्चको पछिल्लो निर्णयले राष्ट्रिय भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कांग्रेसका नेता–कार्यकर्तामा थप उत्साह पैदा गरेको उनको भनाइ थियो।
‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउन यो भेला कोशेढुंगा सावित हुनेछ,’ कोइरालाले भने।
उनका अनुसार यसअघि भेलामा १० देखि २० हजारसम्मको सहभागिता हुने अनुमान गरिएको थियो। तर सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको र भेलामा अपेक्षाभन्दा उल्लेख्य सहभागिता हुने अवस्था बनेको उनले बताए।
पत्रकारहरूले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाको सहभागिताबारे पनि प्रश्न गरेका थिए। जवाफमा कोइरालाले खड्का अस्वस्थ रहेका र शेखर कोइराला विराटनगरमा आफ्नै काममा व्यस्त रहेकाले भेलामा उपस्थित हुन नसक्ने बताए। यद्यपि, दुवै नेताको अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता रहेको उनको दाबी थियो।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो