काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले चुनावका बेला आफूहरूले नो लाइन, अनलाइन भनेर गरेको भाषण सम्झिएका छन् ।
‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु । मेरै गालामा मेरै चड्कन । मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वान्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा …’ उनले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
अनि पूरानो भाषण सम्झिँदा लाज लागेको बताए । ‘आज जनता भात पकाउने ग्याँसका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साच्चिकै लाज लागेको छ’ उनले भने ।
ग्यासको अभाव देशैभरी रहेको भन्दै उनले सोधे, ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ?’
यदि कृत्रिम अभाव सिर्जना भएको हो भने किन कारबाही नगरेको भन्ने उनको प्रश्न छ । ‘ग्यास ह्वारह्वारर्ती आएर पनि कालोबजारी भएको हो भने ति कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?’ उनको प्रश्न छ ।
यी प्रश्न गर्दै उनले जनताले नयाँ सरकार नभएर नयाँ संस्कार चाहेको बताए । उनले भनेका ‘चिल्ला ह्यान्सम नयाँ अनुहार खोजेको होइन । नयाँ चरित्र खोजेको हो । जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए