काठमाडौं । रास्वपाका सांसद मनिष झाले सरकारमाथि कुनै शंका नभएपनि सञ्चालनमा ढङ्ग नपुगेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्य सञ्चालनमा संविधान र लोकतन्त्रको मूल मन्त्र आवश्यक भएको बताए।
उनले भने, ‘सरकारमाथि कुनै कुनै पनि शङ्का छैन। कुनै प्रश्न छैन। तर कता कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। त्यो स्वीकार्नु पर्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ। त्यसैले राज्य सञ्चालनको कुराहरूमा ढङ्ग सुधार्नुपर्छ।’
समाज शिक्षित नभएसम्म राजनीति जीवित नरहने उनको भनाइ छ।
उनले थपे, ‘यदि राजनीति जीवित छैन भने लोकतन्त्र जीवित हुँदैन। यदि लोकतन्त्र जीवित छैन भने समाजमा सामाजिक सन्तुलन जीवित रहँदैन। समाजमा सामाजिक सन्तुलन छैन भने सामाजिक न्याय जीवित रहँदैन। सामाजिक न्याय जीवित छैन भने वृद्धि हुँदैन र विकास पनि हुँदैन।’
उनले मधेशको आगो निभेपनि दाउरा ननिभेको चेतावनी दिए।
उनले भने, ‘मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौँ। तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभेको छैन। त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुस्। त्यहाँ २५ रुपियाँको चिप्स खोसिन्छ तर विमानस्थलमा ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ।’
मधेसको बोर्डरमा २५ रुपियाँको चिप्स प्रहरीलाई खोस्न लगाएको भन्दै सरकारले सन्तुलित व्यवहार देखाउन नसकेको आरोप लगाए।
उनले निर्वाचित प्रतिनिधिहरू जनतासँग जोडिनुपर्ने बताए।
उनले भने, ‘हामीले गाडीको कालो सिसा त हटायौँ, अब कालो चस्मा पनि हटाउनुपर्छ। त्यो पनि आवश्यक छ। राज्य सन्तुलित हुँदैन भने राजनीतिक उपलब्धि हुँदैन।’
उनले नीति क्षेत्र सरकारको धरपकडले त्रसित भएको बताए। प्रहरी देखेपछि सुरक्षित महसुस गर्नुपर्नेमा निजी क्षेत्रका व्यवसायीहरू कुन बेला घरमा छापा मार्ला र धरपकड गर्ला भनेर डराइरहेको उनको भनाइ छ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो