काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको घटनाको छानबिनका लागि तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उक्त घटनाको छानबिनका लागि गठन भएको सरकारी संयन्त्रले कमजोरी लुकाउने काम गर्ने संशय व्यक्त गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको हो ।
बैठकले उक्त घटनामा पीडित परिवारसँग भएको सम्झौताअनुसार ४ जनालाई शहीद घोषणा गर्नबाहेक अन्य कुनै विषय कार्यान्वयन नभएकाले सम्झौताहरूको अविलम्ब कार्यान्वयन गरी तत्काल काम अगाडि बढाउनसमेत माग गरेको छ ।
बैठकले सरकारले पटक-पटक सहमति खोज्ने तर तिनको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्तिले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै लगेको र ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास टुट्दै गएको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा १५औं महाधिवेशन तयारी, सदस्यता अद्यावधिक र वितरण लगायतका विषयमा समेत सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।
धेरै निर्वाचन क्षेत्र र जिल्लाहरूमा क्रियाशील सदस्यताको विषय टुङ्गो लागिसकेकाले पार्टी महाधिवेशनको दिशामा अघि बढिरहेको उनले बताए । बैठकमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसम्पादन, तिनलाई पूर्णता दिने विषय र तिनका विधानका सम्बन्धमा आवश्यक छलफल भइरहेको उनले जानकारी दिए ।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु