सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

राजनीति

सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

cabinet-20-saun

काठमाडौं । सरकारले सुनसरी र सिरहाको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमारा मेहता र सिरहा गणेशकुमार यादवलाई शहीद घोषणा गरेको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

साउन ९ गते राति दुई समुदायबीचको झडपमा देवानगञ्ज ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र रवीन्द्रको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

देवानगञ्ज घटनापछि भड्किएको हिंसाका क्रममा सिरहा गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवले ज्यान गुमाएका थिए । गृहमन्त्री सुधन गुरुङले मृतकका राहत, क्षतिपूर्तिलगायतका विषयमा परिवारसँग सहमति गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ