नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो

रसुवा बाढीः

नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो

death_body

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३५९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३५९ जनाको शव फेला परेको हो। जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ।

गण्डक क्षेत्रमा १५ शव भेटिए

नवललपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनार (गण्डक क्षेत्र) मा फेला परेका शवको संख्या बढेको छ । नदीका विभिन्न ठोकर (बाँध) मा बिहानसम्म ६ महिला, ६ पुरूष,एक बालक र दुई बालिकाको गरी १५ शव फेला परेकोमा संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए

रसुवाको बाढीमा परेर नारायणी नदीमा बग्दै आएका उनीहरूको शव फेला परेको हो । फेला परेका शवलाई पृथ्वीचन्द्र अस्पताल र अन्य स्थानमा व्यवस्थापन गरिन लागेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ