नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले इतिहास रचेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा जारी रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाएका हुन्।
ढाँटले मर्डकलाई स्प्लिट डिसिजनमा पराजित गरेका हुन्। ढाँटले २९–२८ को स्कोरमा जित हात पारे। एक जना निर्णायकले भने मर्डकको पक्षमा स्कोर गरेका थिए।
रवीन्द्र कासिबबीचको सेमिफाइनल निकै प्रतिस्पर्धात्मक र कठिन रह्यो। दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पक्षमा क्षणहरू सिर्जना गरेका थिए। दुवैले १५ मिनेटसम्म कडा प्रतिस्पर्धा गरेका थिए।
रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने। यदि ढाँटले फाइनलसमेत जित्न सके प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्।
‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले योसहित बान्टमवेट विधामा ११ खेल खेलेका छन्। त्यसमध्ये उनले १० खेलमा जित हात पार्दा एक खेलमा मात्र पराजय व्यहोरेका छन्।
रवीन्द्रले एमएमए करिअरमा सन् २०२३ मा इस्माइल खानसँग मात्र हार व्यहोरेका थिए। त्यसपछि भने उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आए।
गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि रवीन्द्र थप चर्चामा आएका थिए।
उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। यो जितसँगै उनी म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।
रवीन्द्रले अर्को महत्वपूर्ण जित गत मे महिनामा मकाउमा आयोजित रोड टु युएफसी सिजन–५ को क्वाटरफाइनलमा निकालेका थिए। उक्त प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।
यससँगै रवीन्द्र रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका थिए।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा