नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफ्नै निकट ठानिएका व्यक्तिहरूबाट समेत धोका पाएको टिप्पणी गरे ।
उनले आफूलाई ‘कमरेड’ भन्दै नजिकिने व्यक्तिले नै पछाडिबाट छुरा हान्ने गरेको उल्लेख गरे ।
‘आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, तर ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने, कता नजोगिने ?’ उनले भने ।
आफू अझै कमजोर नभएको बताउँदै ओलीले जस्तोसुकै चुनौती आए पनि पछि नहट्ने दृढता व्यक्त गरे । उनले भीष्म पिताको प्रसंग उल्लेख गर्दै आफू त्यति वृद्ध नभइसकेको र अनेक प्रहार भए पनि नढल्ने बताए ।
ओलीले आफूले ५७ वर्षअघि नै कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियानमा सक्रियता सुरु गरेको स्मरण गरे । राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनुपरेको तथा विभिन्न आरोप र मुद्दाहरूको सामना गर्नुपरेको पनि उनले बताए ।
देश र जनताको हितका लागि आफूले निरन्तर काम गर्दै आएको दाबी गर्दै ओलीले जीवनभर अन्याय र विरोधका सामु नझुक्ने प्रतिबद्धता जनाए ।
‘म मर्ने इच्छा गर्दिनँ, इच्छा मरण चाहिँदैन । बाँचुन्जेलसम्म वैरीसामु झुकिँदैन । देशका लागि लडिन्छ । मलाई चिन्ता छैन, किनभने मैले आफ्नो लागि काम गरेको होइन, सधैँ देश र जनताका लागि काम गरेको छु,’ उनले भने ।
सम्बन्धित खबर
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
बडादशैं सुरु, आज घटस्थापना
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुहोस्: शिक्षामन्त्री
कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा, चीट बाँडे स्वीकार्य नहुने चेतावनी
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त