त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ।
नदीको सतहदेखि नै ठूलो पहिरो खसेर सडकमा गम्भीर क्षति पुगेकाले सोही स्थानबाट सडक पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति हेर्दा अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रियासहित पुनर्निर्माणमा लामो समय लाग्न सक्छ। त्यसैले दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै कम रहेको उनको भनाइ छ।
यसअघि पनि कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी मर्मतको काम भइरहेको थियो।
जोखिम न्यूनीकरणका लागि भर्टिकल पाइलिङ पूरा भइसकेको थियो भने होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी थियो। काम पूर्णरूपमा सम्पन्न नहुँदै आएको ठूलो पहिरोले सडकमा थप क्षति पुर्याएको हो।
सडक तत्काल खुल्ने अवस्था नरहेपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ।
प्राविधिक टोलीहरूले विभिन्न सम्भावित रुटको निरीक्षण गरिरहेका छन्। निरीक्षणपछि छोटो, सुरक्षित र व्यावहारिक मार्गलाई वैकल्पिक रुटका रूपमा अघि बढाइने सडक योजनाले जनाएको छ।
सम्बन्धित खबर
कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो