सोसल मिडियामा पोस्ट गरेर चुनाव जित्नुभयो, तर सङ्कटको समाधान पोस्ट गरेर हुँदैनः प्रचण्ड

राजनीति

सोसल मिडियामा पोस्ट गरेर चुनाव जित्नुभयो, तर सङ्कटको समाधान पोस्ट गरेर हुँदैनः प्रचण्ड

प्रधानमन्त्री सदनमा कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?

prachanda

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहले आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सङ्कटमा राज्य देखिनुपर्ने बताए।

उनले भने, ‘उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, प्रतिपक्षका सांसदलाई मात्रै होइन, उहाँको कार्यशैलीले आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिनँ। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन।’

उनले प्रधानमन्त्रीको यो कार्यशैलीले सङ्कटको सामना गर्न नसकिने बताए।

उनले थपे, ‘उहाँलाई यत्रो ठूलो अवसर प्राप्त छ, यो अवसर गुम्न दिनुहुँदैन। पीडित नागरिकले पोस्ट होइन, सोसल मिडियामा पोस्ट गरेर तपाईँहरूले चुनाव त जित्नुभयो, यो सङ्कट समाधान हुँदैन। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न खोज्नुभएन भने समयले नपर्खिन सक्छ, ध्यान रहोस्।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds