‘प्रधानमन्त्रीले उद्धारमा ढिलाइ भएको स्वीकार्नुभयो, एक्लै सबै गर्छु भन्ने अहम् राख्नु गम्भीर भूल हो’

राजनीति

‘प्रधानमन्त्रीले उद्धारमा ढिलाइ भएको स्वीकार्नुभयो, एक्लै सबै गर्छु भन्ने अहम् राख्नु गम्भीर भूल हो’

Pradeep Poudel

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपत्तिको संवेदनशील घडीमा नागरिकले राज्यको अभिभावकत्व खोजिरहँदा विपद्ग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको बताएका छन्।

सामाजिक सञ्जालका पोस्टहरूमा सरकारको सक्रिय देखिएपनि उद्धार, राहत र व्यवस्थापनको कमजोर देखिएको टिप्पणी गरे।

उनले भनेका छन्, ‘सामाजिक सञ्जालका पोस्टहरूमा सरकारको जति सक्रियता र दाबी देखिन्छ, वास्तविक जमिनमा उद्धार, राहत र व्यवस्थापनको अवस्था त्यति नै कमजोर छ। विशेष गरी, सुरुङ मार्ग र जटिल भूभागमा फसेका नागरिकको उद्धारमा सरकारले एक्लै सबै गर्छु भन्ने अहम् राखेर बाह्य विशेषज्ञको सहयोग लिन गरेको ढिलाइ सबै भन्दा गम्भीर भूल हो।’

अहिले आएर प्रधानमन्त्री आफैँले उद्धारमा ढिलाइ भएको स्वीकार्दै बल्ल विभिन्न देशका विज्ञ टोलीसँग समन्वय भइरहेको जानकारी दिएको उल्लेख गरेका छन्। ‘विज्ञ झिकाउन तत्कालै तत्परता देखाएको भए उद्धारमा यति गम्भीर ढिलाइ हुने थिएन की ?’ उनले भनेका छन्, ‘अर्कोतिर, विपद्पछिको व्यवस्थापन (पोस्ट क्राइसिस म्यानेजमेन्ट) मा राज्यसंयन्त्र अत्यन्तै दिशाहीन देखिएको छ। भएको सीमित स्रोत–साधनको समेत सदुपयोग हुन सकेको छैन।’

सहज स्थानमा मात्र सरकारको बाक्लो उपस्थिति देखिएपनि मुख्य प्रभावित क्षेत्रमा अझै पर्याप्त सहयोग पुग्न नसकेको उनको भनाइ छ।

दिनरात खटेर काम गर्ने तथा सकारात्मक सुझाव दिनेहरूलाई नै सरकारका मन्त्री र सत्ता समर्थित माननीयहरूबाटै हप्कीदप्की र संवेदनहीन टिप्पणी आउनु झनै आपत्तिजनक भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यस्तो अहम् र प्रचारबाजी त्यागेर, अत्यन्तै संवेदनशील भई तत्काल उद्धार, राहत, घाइतेको शीघ्र उपचार र विस्थापितहरूको उचित व्यवस्थापनमा केन्द्रित हुन सरकारलाई सचेत गराउन चाहन्छु।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds