प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’

राजनीति

प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’

balen-shah-pm-

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपीडितलाई हियाउनेप्रति सरकार निर्मम हुने बताएका छन्।

श्रीमान् हराएका एक महिलाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपमानजनक कमेन्ट गरेकोप्रति प्रधानमन्त्री शाहले इंगित गरेका हुन्।

शनिबार बेलुका सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि सकार निर्मम हुने बताएका हुन्।

उनले लेखेका छन्- ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।’

उनले  यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्- ‘ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds