प्रचण्ड बहुमतको बालेन सरकारबाट पाँच महिनामै दुई मन्त्री आउट

राजनीति

प्रचण्ड बहुमतको बालेन सरकारबाट पाँच महिनामै दुई मन्त्री आउट

सुधनलाई भने प्रतिवेदन लुकाएर हतार-हतार बनाएका थिए फेरि मन्त्री

sudhan-gaurikumari-deepak-kumar-1

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सरकारबाट पाँच महिनामै दुई मन्त्री बाहिरिएका छन् । १३ चैत २०८२ मा गठन भएको प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव बाहिरिएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेको १३ दिनमै शाहले बाहिरिनुपरेको थियो भने उद्योगमन्त्री यादवले पाँच महिनामा बिहीबार राजीनामा दिएकी हुन् । मन्त्री यादवले एलपी ग्यासको अभाव व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला व्यवसायीप्रति दिएको अभिव्यक्ति थप विवादित बनेको थियो ।

ग्यासको आपूर्ति सहज हुन नसक्नुमा उद्योगी–व्यवसायी नै जिम्मेवार रहेको दाबी गर्दै मन्त्री यादवले व्यवसायीको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिप्रति व्यवसायीहरूले आपत्ति जनाएका थिए । मन्त्रीले काम गर्न नसकेको र विवादित अभिव्यक्ति पनि आएपछि पार्टीबाटै राजीनामाको दबाबद परेको बताइएको छ ।

रास्वपाकै सांसद अमरेशकुमार सिंहले मन्त्री यादवले राजीनामा नदिएको, बरु उनलाई बर्खास्त गरिएको संसदमै बताएका छन् ।

यस्तै आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गराउन प्रभाव पारेको आरोप लागेपछि साहले राजीनामा दिनुपरेको थियो । १३ चैतमा शपथ लिएका साह २६ चैतमै पदमुक्त भएका थिए । उनको मन्त्री पदको कार्यकाल १३ दिनमै सीमित भएको थियो ।

साहलाई हटाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी थिइन् ।

यस्तै गृहमन्त्री सुधन गुरुङले पनि राजीनामा दिए पनि उनलाई फेरि मन्त्री बनाइएको हो । विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र सम्पत्ति विवरणका विषयमा विवादमा तानिएका उनले पदबाट राजीनामा दिएका थिए ।

दीपकलाई पद छाड्न लगाउँदा स्पष्टीकरणसमेत नसोधेका बालेनले सुधनमाथि छानबिनका लागि बनेको समितिको प्रतिवेदन नै लुकाएर फेरि मन्त्री बनाए। छानबिन समितिले गुरुङलाई क्लिनचिट दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले पुनः गृहमन्त्री नियुक्त गरेका थिए । वैशाख ९ गते राजीनामा दिएका गुरुङ २६ जेठमा पुनः गृहमन्त्रीमा फर्किएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ