शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार सिरहामा आयोजित एक कार्यक्रमबाट ‘लखेटिएका’ छन् ।
औरही गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रममा उनी रास्वपाका स्थानीय नेता कार्यकर्ताबाटै लखेटिएका हुन् । उनले बोल्ने क्रममा रास्वपाका स्थानीय नेता कार्यकर्ताले होहल्ला गरेपछि पोखरेल त्यो कार्यक्रमबाट बाहिरिए ।
त्यसको केही समयपछि सामाजिक सञ्जालमा एक टिप्पणी सार्वजनिक गर्दै पोखरेलले दुई जना व्यक्ति आएर हल्ला गरेपछि आफू कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन् ।
‘अहिले हामी मधेश प्रदेशमै छौं । नेपालको विद्यालय शिक्षालाई थप व्यवहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि हिजोदेखि मधेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव सङ्कलन गरिरहेका छौं’, मन्त्री पोखरेलले भनेका छन्, ‘आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’जस्ता नवीन अवधारणा समेट्ने विषयमा पनि प्रत्यक्ष संवाद गरिरहेका छौं । आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो । तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौं ।’
उनले त्यही घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको दाबी गरेका छन् । लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई हुने तर, पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘कुनै भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको हाम्रो मूल उद्देश्यलाई रोक्न सक्दैन । सो घटनापछि पनि हामी सिरहास्थित बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गर्यौं । आज मात्रै करिब ८–१० वटा विद्यालयमा पुगेर अत्यन्त फलदायी रूपमा सुझाव संकलन गरेका छौं । भोलि सप्तरीबाट मोरङतर्फ लाग्दैछौं’, उनले लेखेका छन् ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने