त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरूद्ध कृष्णभीर सडकखण्ड चाँडै सञ्चालनमा ल्याउने तयारी छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले दुई/तीन भित्रै सडक खण्ड सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइन्।
उनका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ।
अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।
अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीब्र गतिमा अघि बढाइएको जानकारी दिइन्।
शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उनले बताइन् । ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम शुरु गरिनेछ ।
‘अहिले ग्रेड सुधारको काम भइरहेको छ । कामका लागि आवश्यकताअनुसार उपकरण परिचालन गरिएको छ। आज दुईवटा बुलडोजर र दुईवटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरू गरिनेछ,’ उनले भनिन्।
उनले अगाडि भनिन्, ‘ सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान छ । त्यसपछि भोलिदेखि दुई–तीन दिनभित्र कृष्णभीर सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।’
नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई–तीन दिन लाग्ने अधिकारीले बताउनु भयो।
त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।
त्रिशूली बाढीपछि गएको पहिरो तथा सडक भासिएपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरी यातायात सुचारु गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने