विवादास्पद आचार्य श्रीनिवासले आफूहरू एक दिन क्याबिनेटमा देखिने दाबी गरेका छन् ।
आफूलाई पटकपटक विवादास्पद गुरु भनेको भन्दै आपत्ति जनाउँदै उनले यस्तै विरोधले आफूहरूलाई शासनमा पुर्याउने बताएका हुन् ।
‘हामी खरानी दलेर मात्रै बस्दैनौं । परिआए चुनाव लड्न पनि तयार छौँ,’ उनले भने, ‘भाषणमा मात्रै होइन, शासनमा पनि गुरु र जोगीहरू आउनेछन् ।’
श्रीनिवासले आफूलाई ‘विवादित’ व्यक्तिका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाए । अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमानित गर्ने काम भइरहेको उनको भनाइ छ।
उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकाहरूलाई सुध्रिनसमेत आग्रह गरेका छन्।
‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने।
जेनजी परिवारको आग्रहमा आफू कार्यक्रममा सहभागी भएको दाबी गर्दै उनले कार्यक्रममा आफूहरूको सहयोगसमेत रहेको बताए। जेनजी कार्यक्रमका लागि टेन्ट, पन्डाल र साउन्ड सिस्टमलगायत व्यवस्थापनमा आफूहरूले करिब ६–७ लाख रुपैयाँ खर्च गरेको उनले बताए।
‘हामीलाई सरकारले होइन, जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको हो,’ उनले भने, ‘मलाई जन्म दिने आमाको कसम, मलाई विवादित भनिरहे म भाषण मात्रै हैन, शासनमा पनि आउने छु।’
उनले आफू धर्मका नाममा रकम लिने नभई सहयोग गर्ने गुरु भएको भन्दै उनले आफूले कसैलाई ठगेको वा गलत काम गरेको प्रमाण भए देखाउन चुनौती दिँदै उनले आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर विवादित बनाइरहनुको औचित्य नभएको बताए।
‘ममाथि गोली प्रहार पनि हुने, म अन्यायमा पनि पर्ने, राज्यले मलाई अदालतबाट सफाइ पनि दिने, फेरि विवादित पनि भनिनेरु मैले कसको के बिगारिदिएँ ?’ उनले प्रश्न गरे।
आचार्य श्रीनिवासले आफूले लामो समयदेखि सामाजिक सेवामा काम गर्दै आएको दाबी पनि गरे। आफूले करिब दुईदेखि अढाई सयसम्म महायज्ञ गरेको, विभिन्न स्थानमा विद्यालय, क्याम्पस, एम्बुलेन्स, खानेपानी, मठमन्दिर, धर्मशाला तथा वृद्धाश्रम निर्माणमा सहयोग गरेको उनले बताए।
उनले आफू भिक्षा मागेर हिँड्ने साधु नभएको दाबी गर्दै आश्रममा गाईपालन गरेर त्यसबाट हुने आम्दानीबाट विद्यार्थीलाई पढाउने गरेको बताए।
‘म भिक्षा मागेर, भीख मागेर हिँड्ने गुरु होइन । म इलम गरेर, मेहनत गरेर गाईको गौशालामा गाईको गोबर सोरेर गाईको दूध बिक्री गरेर डेरीमा मेरो आश्रममा विद्यार्थीहरू पढाउने गुरु हुँ,’ उनले भने।
आफूलाई निधारको तिलक, धार्मिक पहिरन र राजसंस्थाको समर्थन गर्ने भएकै कारण विरोध गरिएको उनको आरोप छ। आफू राजालाई अभिभावक मान्ने व्यक्ति भए पनि नेपालको नागरिकका रूपमा आफ्नो धारणा राख्ने अधिकार रहेको उनले बताए।
‘म असली एउटा राजालाई समर्थन गर्ने र राजालाई अभिभावक मान्ने गुरु हुँ। म पनि यो देशको नागरिक हो, मैले पनि बोल्न पाउनुपर्छ, मेरो पनि अधिकार हो,’ उनले भने।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने