जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल सरकारका मन्त्री महावीर पुनको भूमिकामाथि प्रश्न उठाएका छन्।
युएईस्थित नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको उद्धारका लागि पहल गर्नुपर्नेमा मन्त्री पुनले सामाजिक सञ्जालमा मात्रै अभिव्यक्ति दिइरहेको भन्दै अन्सारीले आपत्ति जनाएका हुन्।
सामाजिक सञ्जालमार्फत मन्त्री पुनलाई उल्लेख गर्दै अन्सारीले आपत्ति जनाएका हुन्। उनले भने, ‘तपाईं नेपाल सरकारको मन्त्रिपरिषद्को सदस्य हो। तपाईं समेतको सिफारिसमा राजदूतको नियुक्ति हुन्छ। युएईस्थित नेपाली राजदूतावास तपाईंको सरकारको प्रतिनिधि हो।’
नेपालको राजदूतावासले नेपाल सरकारको निर्देशन मान्नुपर्ने भन्दै उनले नेपाली नागरिकको उद्धारका लागि आफ्नो मन्त्रालय र सरकारमार्फत प्रभावकारी पहल गर्नुपर्ने बताए।
‘नेपाली नागरिकको उद्धारका लागि आफ्नो राजदूतावासलाई अनुरोध गर्नुको साटो आफ्नो मन्त्री पदको मर्यादा भुलेर एउटा लाचार अभियन्ता जस्तो फेसबुकमा पोस्ट गरिरहँदा तपाईंलाई आफ्नो पदको मर्यादाको थोरै पनि ख्याल भएन ?’ अन्सारीले प्रश्न गरे।
उनले नेपाली नागरिकको उद्धार गर्न नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेको राजदूतावास असमर्थ भए मन्त्री पुनले मन्त्रिपरिषद्मा आफ्नो भूमिकामाथि नैतिक प्रश्न उठाउनुपर्ने तर्क गरे।
‘तपाईंको मन्त्रिपरिषद्प्रति वफादार हुनुपर्ने नेपालको राजदूतावासले नेपाली नागरिकको उद्धार गर्न सक्दैन भने तपाईं कुन नैतिकताको आधारमा नेपाल सरकारको मन्त्रिपरिषद्मा बसिरहनुभएको छ?’ उनले प्रश्न गरेका छन्।
मन्त्रीको यस्तो व्यवहारले विदेशी सञ्चारमाध्यम, विदेशी नागरिक समाज, मित्रराष्ट्रका सरकार तथा कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय समुदायमा नेपालको मन्त्री पदको मर्यादा तथा सरकारको गम्भीरतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ।
उनले मन्त्री पुनलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईं नेपाल सरकारको मन्त्रिपरिषद्को सदस्य हो कि एउटा लाचार अभियन्ता?’ अन्सारीले यसलाई ‘अन्तर्राष्ट्रिय बेइज्जती’ भन्दै सरकार र मन्त्रीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने