रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता

रसुवा बाढीः

रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता

sab-nikaliyo-

काठमाडौँ : गत भदौ १० गतेको रसुवा बाढीबाट आज साँझसम्म मृत्य हुनेको संख्या १ हजार ४१० जना पुगेका छन्।

विपद प्राधिकरणका अनुसार ६ हजार १४५ जना वेपत्ता भएका छन्। वेपत्ताहरूको खोजी जारी रहेको जनाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला वेपत्ता छन् ।

बाढीमा परेर घाइते भएका ९ हजार २८७ जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए । उनका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डीएनए’ नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ ।

‘फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ’, प्रवक्ता काफ्लेले भने ।

प्रहरीका अनुसार शव पहिचानका लागि मृतकका शवबाट १ हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ डीएनए नमुना संकलन गरिएको छ ।

बाढीप्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए ।

यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ४४० जना रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ