एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल

खेलकुद

एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल

पाइलट मन्दिप केसीले हस्तान्तरण गरे ५० हजार राशीको 'Electrifying 4's of the match' अवार्ड

mandip kc mandeep kushal bhurtel

काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् ।

टीयू मैदानमा भइरहेको खेलमा उनी काठमान्डु गोर्खाजविरुद्ध ९९ रनमा आउट भए । उनले ५१ बल खेल्दै ८ चौका र ८ छक्का प्रहार गरे ।

यस संस्करणमा भुर्तेलको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाद्यी याक्स विरुद्ध ६२ रन बनाएका थिए ।

एनपीएलमा नेपाली खेलाडीले बनाएको उच्च स्कोर भने भुर्तेलककै नामम रह्यो । यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पोखरा विरुद्ध नै ९५ रन बनाएका थिए ।

ओमोडा जेको नेपालले ‘Electrifying 4’s of the match’ अवार्डबाट ५० हजारसहित भुर्तेललाई पुरस्कृत गरेको छ । कम्पनीका तर्फबाट पाइलट मन्दिप केसीले उक्त पुरस्कार प्रदान गरे ।

त्यस्तै, यस खेलमा पोखराका अर्का ओपनर युवराज सामराले पनि उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन जोडे। उनले ५५ बलमा ८ चौका र ५ छक्का प्रहार गरे।

भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको विशाल साझेदारी गरे। उनीहरूको आक्रामक ब्याटिङकै मद्दतमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।

भुर्तेल १८.२ ओभरमा साहिल पटेलको हातबाट क्याच आउट भए। सामरा पनि त्यसको तीन बलपछि करण केसीको बलमा भीम शार्कीबाट क्याच आउट भए।

कप्तान चमिका करुणारत्नेले ७ बलमा अविजित १९ रन बनाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ