सिक्री लुटेर भाग्दै गरेका ज्ञानेन्द्र पक्राउ

सिक्री लुटेर भाग्दै गरेका ज्ञानेन्द्र पक्राउ

pakrau

काठमाडौं। सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका -८ घर भइ हाल काठमाडौं माछापोखरी बस्दै आएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन्।

प्रहरीका अनुसार आइतबार दिउँसो टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्ग स्थित माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको सिक्री तानेर ज्ञानेन्द्र फरार भएका थिए। घटनाको सूचना पश्चात प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीको टोलीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ