काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ ।
बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिलाई धन्यवाद दिँदै विधेयक फिर्ता गर्ने उनको कदमको स्वागत गरिन् ।
सांसद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा पनि राखिन् ।
नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।
‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हमी फिजी हुने सम्भावना पनि छ’ सांसद पौडेलले भनिन्, ‘प्रायजसो देशमा (अंगीकृत नागरिकता दिन) सर्टेन टाइम राखेको पाइन्छ ।’ वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने पनि उनले बताइन् ।
वैवाहिक अंगीकृत नागरिकतामा छिमेकी देशले जे व्यवहार गरेको छ, हामी पनि त्यही व्यवहार गरौं भन्दै उनले ७ वर्षको उमेर हद तोक्नै पर्ने बताइन् ।
एमालेको प्रश्न- सदनको अधिकार बन्द कोठामा संकुचन गर्न मिल्छ ?
नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिए त्यसको दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक पुन: पेस भएपछि जारी प्रतिनिधिसभा बैठकको छलफलमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयक अरु विधेयकसरह छलफल गर्नुपर्ने कानूनी प्रावधान सम्झाउँदै प्रत्येक सदस्यले संशोधनको माग राख्न पाउनुपर्ने अधिकार कुण्ठित गर्न नहुने बताए ।
सत्ता गठबन्धनले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने कुरा गरेकोप्रति ज्ञवालीले आपत्ति जनाए । ‘सुधार गर्ने अवसर राष्ट्रपतिबाट दिइएको छ । सत्तापक्ष त्यसो गर्न खोजेको छैन । जस्ताको तस्तै पारित गर्ने कुरा गरेर सदनले टुंग्याउने विषय बन्द कोठामा बसेर संकुचन गर्न मिल्छ कि मिल्दैन ?, ज्ञवालीको प्रश्न थियो ।
राष्ट्रपतिबाट उठाइएका संवेदनशील विषयमाथि प्रतिनिधिसभामा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने ज्ञवालीको माग छ ।
ज्ञवालीले भने, ‘यो केबल कुनै समुदाय विशेषको कुरा होइन यो त सिंगै देशको साझा सवाल हो । संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजन गर्नु किमार्थ राम्रो हुन्न । हेड काउण्ट गरेर त टुंग्याउनु होला तर जबर्जस्ती टुंग्याएर आत्मरती लिन मिल्दैन ।’
सम्बन्धित खबर
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर