काठमाडौं । रूससँगको युद्धमा हालसम्म आफ्ना ९ हजार सेनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
झन्डै ७ महिनादेखि चलिरहेको युद्धमा ९ हजार सेनाको ज्यान गएको युक्रेनी सेनाका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले घोषणा गरेका हुन्।
उनले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको समेत बताएका छन्।
रुसले भने युद्धको पहिलो महिना १३ सय ५१ रुसी सेनाको मृत्यु भएको बताएको छ। रुसले थप विवरण सार्वजनिक भने गरेको छैन। अमेरिकी सैन्य अधिकारीहरुले भने रुसी सेनातर्फ ७० देखि ८० हजार सैनिकमा क्षति पुगेको दावी गरेको छ। यो तथ्यांकमा युद्धमा मृत्यु भएका र अंगभंग भएका रुसी सैनिकहरुलाई समावेश गरिएको छ।
यस्तै, संयुक्त राष्ट्रसंघले युक्रेनमा रुसी आक्रमणका क्रममा ५५ सय बढी सर्वसाधारण नागरिकको मृत्यु भएको जनाएको छ । साथै ७८ सय बढी नागरिक घाइते भएको राष्ट्रसंघले अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले ९ सय ७२ युक्रेनी बालबालिका युद्धको शिकार भएको पुष्टि गरेको छ ।
यसैबिच, युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीबार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ। देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन