काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ ।
मंगलबार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नुहुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पारे ।
उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको बताए । उनले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताए । कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उनले बताए ।
स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको बताए । त्यस्तै, पछिल्लो समय अन्य पार्टीहरुबाट नेकपा(एमाले) प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मातहतका कमिटीहरुमा व्यवस्थापन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
बैठकले कुलभक्त शाक्य, डिबि नेपाली र नवराज पौडेललाई केन्द्रिय सल्लाहकार परिषद्मा मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै, जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रिय कमिटी सदस्यमा मनोनयन गरेको पनि उनले जानकारी दिए । बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ ।
६ वटा प्रदेशका ईन्चार्जहरुले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका छन् । त्यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ १० र ११ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा ब्रिफिङ गरेकाे प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
अध्यक्ष ओलीले केन्द्रिय कमिटी बैठकमा ल्याउने प्रतिवेदनको सम्बन्धमा नेताहरु सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, कर्ण थापा, प्रभु शाह, शेरधन राई, रघुजी पन्त, मणि थापा, खगराज अधिकारी लगायतका नेताहरुले सुझाव दिएकाे उनले जानकारी दिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु