नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ।
एमालेको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए। त्यस्तै, एमालेले समानुपातिका सांसदहरूलाई फेरि समानुपातिकमा नराख्ने समेत निर्णय गरेको छ।
‘हामीले निर्वाचनमा पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने र जनतालाई अपिल गर्ने भनेका छौं। समानुपातिक तर्फबाट प्रतिनिधि सभामा रहेका सांसदहरूलाई पुनः समानुपातिकमा नदोहोर्याउने समेत निर्णय भएको छ,’ उनले भने, ‘स्थानीय तहमा उम्मेदवार बनेकाहरूलाई पनि हामीले उम्मेदवार नबनाउने निर्णय गरेका छौं।’
उनले वाम गठबन्धनका लागि बाटो पनि खुला राख्ने निर्णय भएको बताए। ‘वाम गठबन्धनका लागि बाटो खुला राख्ने भनेका छौं। अब आफूलाई वाम भन्ने दलहरू गठबन्धनका लागि आएमा उनीहरूका लागि सहकार्यको बाटो खुला रहन्छ,’ उनले भने।
वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान
अध्यक्ष ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरे । अध्यक्ष ओलीले तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहिं एमालेले नगर्ने प्रष्ट्याएका छन् ।
नेकपा विघटन गर्ने फैसलाको प्रशंसा
अध्यक्ष ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्ने सर्वोच्च अदालतको फैसलाको प्रशंसा गरे । शनिबार केन्द्रीय कमिटी बैठक समापन गर्दै ओलीले सर्वोच्चले राम्रो फैसला पनि गर्ने भन्दै उदाहरण दिएका थिए । राम्रो फैसलाको उदाहरणका रुपमा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको तत्कालिन नेकपाको एकता प्रक्रिया भंग गर्ने आदेश सम्झिएको बैठकमा सहभागी एक नेताले बताए ।
‘कहिलेकाहीँ अदालतले पनि राम्रो निर्णय गर्छ’, ओलीले भने, ‘ऋषि कट्टेलको पार्टीको नाम हुँदाहुँदै किन त्यही नाममा दिन्छ अदालतले ?’ २३ फागुन २०७७ मा सर्वोच्चले तीन वर्ष पहिले एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपा विघटनको गर्ने फैसला सुनाएको थियो । त्यही फैसला पछि एमाले र माओवादी केन्द्र पुनर्स्थापित भएका हुन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु