काठमाण्डाै – आज हरितालिका तिज । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
काठमाण्डाै – आज काठमाण्डाैकाे पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा व्रतालु महिलाहरूको भिड लागेको छ । पशुपतिनाथको पूजा, आराधनाका लागि पशुपतिनाथमा पनि भक्तालु एवम् व्रतालु महिलाको घुइँचो लागेको छ । भगवान् शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा आज पशुपतिनाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरू दर्शनका लागि लाइनमा बसेका छन् । मन्दिर आसपास महिलाहरू नाचगान गर्दै रमाइलो गरिरहेका देख्न सकिन्छ ।
अन्य वर्षको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरू बताउँछन् । अन्य समय दर्शनका लागि घण्टौ कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमै दर्शन गर्न सकिएको भन्दै उनीहरूले खुसी व्यक्त गरे ।
त्यस्तै पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालासँग छलफल गरेर सुरक्षाको व्यवस्थापन गरेकाले सजिलाे भएकाे बताए । आज दिनभरका लागि नै सबै ढोका दर्शनार्थीका लागि खोलेको र जुन ढोकाबाट दर्शन गरेको हो त्यही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको बताए । उनले व्रतालुको स्वास्थ्य हेरचाहका लागि पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका अस्पतालका स्वास्थ्यकर्मीको टोली खटाइएको बताए । उनले व्यवस्थापन सहजताका लागि नेपाल प्रहरी र विभिन्न सामाजिक संस्था परिचालन गरिएको बताए ।
हिजो (सोमवार) दर खाएपछि औपचारिक रूपमा सुरु भएको यो पर्व बिहीवार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । तिजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत लिने गरिन्छ । अविवाहित महिलाले आजको दिन व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने