जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् ।
जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौं ।’
विदेशी महिलालाई विहे गरेर ल्याइने बित्तिकै नागरिकता दिन नसकिने संकेत गर्दै उनले अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्व नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरुलाई नागरिकता दिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले मधेसमा १० सिट जित्ने बताएको थिए । सो सन्दर्भमा ओलीले प्रश्न गरे– एमाले मात्र १० सिट जित्ने हो भने बाँकी कसले जित्छ ? उनले मधेसका सबै सिट जित्ने दाबी घुमाउरो भाषामा गरे ।
अध्यक्ष ओलीले एमाले मधेस विरोधी नभएको पटक–पटक दोहोर्याए । उनले भने, ‘म जस्तै टोपी लगाएको त दुई/चार जना मात्र छन् । यहां सबै त मधेसी नै छन् । अनि एमाले कसको पार्टी ? मधेसीको । एमाले पहाडी र हिमाली सबै नेपालीको हो ।’
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो