काठमाडौं । जबरजस्ती करणीको आरोप खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने अहिले नेपाल प्रहरीबाट ‘वारेन्टेड’ छन् । क्रिकेट लिग खेल्ने सिलसिलामा जमैकामा रहेका लामिछाने नेपाल फर्किने प्रतिक्षामा छ प्रहरी ।
एक किशोरीले जबरजस्ती करणीमा जाहेरी दिएपछि सन्दीपले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू केही दिनमा नेपाल आउने बताएका थिए । उनले आफूमाथि लागेका आरोपहरुको खण्डन गरेका छन् । २४ भदौमा उनले सो स्टाटस लेखेपछि प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गर्ने तयारीका साथ बसेको छ ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दानबहादुर कार्कीले सन्दीप कहिले नेपाल आइपुग्छन् भन्ने एकिन जानकारी नरहेको बताए । कार्कीले भने, ‘उनले आफैं नेपाल आउने र आफूमाथि लागेको आरोपको कानूनी प्रतिवाद गर्ने बताएपछि हामीले उनलाई झिकाउनका निम्ति कुनै कसरत गरेनौं । इन्टरपोललाई पनि भनिएको छैन । उनी आफैं आएर कानूनलाई सघाउनेमा आशावादी छौं ।’
जिल्ला अदालत काठमाडौंबाट गत विहिबार पक्राउ पूर्जि लिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका सबै नाकामा पक्राउ आदेश पठाएको छ । अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप नेपाल आउन जमैकाबाट हिँडिसकेको जानकारी पाएको बताए । ‘आजभोलि उनीसँग कुरा भएको छैन, तर उताबाट हिँडिसकेको भन्ने जानकारी पाएको छु’, चन्दले भने । उनले आफू भर्खरै दुबइबाट फर्किएकाले थप जानकारी लिन नभ्याएको उल्लेख गरे ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह