कालिकोटमा मलामी गएका १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राचुलीमा मलामी गएका उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सोही नगरपालिकाका १३ जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुबराज बलमे जानकारी दिए । उनका अनुसार हिजो तिला नदी किनारमा शव अन्त्यष्टिको क्रममा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
मलामी गएका १३ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका क्षेत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षका परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका छन् ।
सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेको छ । पहिरो तिला नदीसम्म पुगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग