पोखरा, १ मंसीर । जनताले सडकमा सवारी साधन कुदाएबापत सरकारलाई कर तिर्छन् । तर, त्यही करबाट खाल्डा परेका, बिग्रिएका सडक बन्दैनन् । जसले गर्दा दुर्घटनामै वर्षेनि हजार जनाभन्दा बढीको ज्यान गुमिरहेको छ ।
२०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ । यस्ता दुर्घटनामा परी १ लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् ।
कास्की २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि एमाले नेतृ विद्या भट्टराईले संसदमा दुर्घटनाकै कारण नागरिकले ज्यान गुमाइरहेकाले सडक बनाउन ध्यान दिनुपर्ने आवाज उठाएकी थिइन् । उनले संसद बैठकमा बोल्दा भनेकी थिइन्, ‘जोखिमपूर्ण ग्रामीण सडक र यात्राका कारण दुर्घटनाका समाचार दिनदिनै आइरहेका छन् । तर, योप्रति सरकारको ध्यान गइरहेको छैन । यो आजको प्रमुख प्राथमिकता हो भन्ने म ठान्छु ।’
सरकारले राजमार्गहरूमा ट्रमा सेन्टर र प्राथमिक उपचार केन्द्र बनाउने कुरा गरिरहे पनि कार्यान्वयन हुन सकेको छैन । विद्याले यस विषयमा पनि संसदमा आवाज उठाइरहिन् । ‘राजमार्गमा दुर्घटनामा परेका घाइतेहरुका लागि गुणस्तरीय मोबाइल क्लिनिक, आकस्मिक उपचारका लागि अस्पताल निर्माण गर्नुपर्ने आजको आवश्यकता हो,’ उनले संसदमा भनेकी थिइन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प