पोखरा । लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ४९ औं स्थापना दिवस मंगलबार एक समारोहको आयोजना गरि मनाएको छ ।
पोखरा स्थीत ग्रुपको प्रधानकार्यलय बाग बजार बगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठले कम्पनिलाई आजको अवस्थासम्म ल्याई पुर्याउनुमा सबैजनाको महत्वपूर्ण योगदान रहेको र आगामी दिनमासमेत यो योगदान निरन्तर रहने कुरामा आफु विस्वस्त रहेको बताए। सो अवसरमा कार्यकारी निर्देशक श्री श्रेष्ठले सबैलाई आभार एवम् धन्यवाद ज्ञापन समेत गरेका थिए।
बटुकहरुद्वारा स्वस्तीवाचन गरि सुरु गरिएको कार्यक्रमलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक चन्द्र बहादुर राजभण्डारीले पानसमा दिप प्रज्वलन गरि सयुक्त रुपमा समुदघाटन गर्नु भएकोे थियो। कार्यक्रममा गु्रपमा लामो समयदेखि आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवापदकद्वारा सम्मान गरिएको थियो । जसअनुसार ग्रुप अन्तरगत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ बर्ष सेवा गरेका १५ जना, १० बर्ष सेवा गरेका ९ जना, १५ बर्ष सेवा गरेका १ जना, २० बर्ष सेवा गरेका २ जना र ३० बर्ष सेवा गरेका १ जना गरी जम्मा २८जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। उक्त कर्मचारीहरुलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्र बहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुलभ श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गरेका थिए। यसका साथै ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।

त्यसैगरी, ४९ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । पहिलो रक्तदाता श्री युमा साईलाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा १०६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए। यस प्रकारको रक्तदान कार्यक्रम कम्पनिले सोसियल कर्पोरेट रेस्पोन्सी विलिटी अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनिका मानव संसाधान विभागका महाप्रवन्धक श्री श्याम मल्लले सो समारोहमा जानकारी दिएका थिए।
उक्त समारोहलाई मानव संसाधन विभागका तर्फबाट श्याम मल्ल र विजय बरालले संयुक्त रुपमा सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो