पोखरा । लक्ष्मी ग्रुप प्रा.लि.ले आफ्नो ४९ औं स्थापना दिवस मंगलबार एक समारोहको आयोजना गरि मनाएको छ ।
पोखरा स्थीत ग्रुपको प्रधानकार्यलय बाग बजार बगरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठले कम्पनिलाई आजको अवस्थासम्म ल्याई पुर्याउनुमा सबैजनाको महत्वपूर्ण योगदान रहेको र आगामी दिनमासमेत यो योगदान निरन्तर रहने कुरामा आफु विस्वस्त रहेको बताए। सो अवसरमा कार्यकारी निर्देशक श्री श्रेष्ठले सबैलाई आभार एवम् धन्यवाद ज्ञापन समेत गरेका थिए।
बटुकहरुद्वारा स्वस्तीवाचन गरि सुरु गरिएको कार्यक्रमलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र निर्देशक चन्द्र बहादुर राजभण्डारीले पानसमा दिप प्रज्वलन गरि सयुक्त रुपमा समुदघाटन गर्नु भएकोे थियो। कार्यक्रममा गु्रपमा लामो समयदेखि आवद्ध रही सेवारत कर्मचारीहरुलाई दीर्घ सेवापदकद्वारा सम्मान गरिएको थियो । जसअनुसार ग्रुप अन्तरगत रहेका विभिन्न औद्योगिक प्रतिष्ठानहरुमा ५ बर्ष सेवा गरेका १५ जना, १० बर्ष सेवा गरेका ९ जना, १५ बर्ष सेवा गरेका १ जना, २० बर्ष सेवा गरेका २ जना र ३० बर्ष सेवा गरेका १ जना गरी जम्मा २८जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। उक्त कर्मचारीहरुलाई कम्पनिका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ, निर्देशकहरु चन्द्र बहादुर राजभण्डारी, कृष्ण बहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुलभ श्रेष्ठले सम्मान स्वरुप मायाको चिनो एवम् प्रंशसा पत्र प्रदान गरेका थिए। यसका साथै ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।

त्यसैगरी, ४९ औं स्थापना दिवस कै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । पहिलो रक्तदाता श्री युमा साईलाई ब्लड ब्याग हस्तान्तरण गरि सुरुवात गरिएको सो कार्यक्रममा जम्मा १०६ जना कर्मचारीहरुले रक्तदान गरेका थिए। यस प्रकारको रक्तदान कार्यक्रम कम्पनिले सोसियल कर्पोरेट रेस्पोन्सी विलिटी अन्तरगत हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको कम्पनिका मानव संसाधान विभागका महाप्रवन्धक श्री श्याम मल्लले सो समारोहमा जानकारी दिएका थिए।
उक्त समारोहलाई मानव संसाधन विभागका तर्फबाट श्याम मल्ल र विजय बरालले संयुक्त रुपमा सञ्चालन गरेका थिए।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन