पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहेको यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए।
वाग्लेले ‘नेपाल २०९० शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक र सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको सङ्ख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्, उनले भने।
नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राख्दै फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको बताए। उनले सहयोग पुर्याउने सबैप्रति म आभारी रहेको बताउंदै यस फेस्टिभलको महत्त्व एक पर्वको रूपमा बढ्दै जाँदा निकै भावुक महसुस गरेको प्रतिक्रिया दिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टिभललाई पोखराको गौरवको संज्ञा दिंदै आफूहरू सधैँ साथ दिन तयार रहेको बताए। पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको भन्दै आचार्यले यसको निरन्तरता यहीँ हुनुपर्ने र सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरू प्रस्तुत गरिएको थियो। भने, युवाकवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरेका थिए। त्यस्तै उज्वल सागर, बानिका प्रधानलगायतका कलाकारले योञ्जनका गीतहरू गाएका थिए ।
कार्यक्रममा गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह ‘गोपालय’ को समेत लोकार्पण गरिएको थियो।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’