पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य राख्दै आचार्यले भने हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएम टिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयन सँगै विशिष्टता हाँसिल गर्न आग्रह गरे ।
पदस्थापना पछि नवनिर्वाचित वीरेन्द्र नारायण अध्यक्ष बिजुक्छेले ‘जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक र सिनेटरलाई विशेष सम्मान गर्ने, कर्मचारी र प्राध्यापकको मनोवल बढाउने, आर्थिक मितव्ययिता पालना गर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्दै संस्थाको विधि र मर्यादा भित्र रहेर काम गर्ने प्रतिवद्धता गरे । बिजुक्छेले थपे आफू राजनीतिक व्यक्ति भएपनि तीनवर्षे कार्यकालमा जनप्रिय भित्र राजनीतिक रङ दिने छैन । पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै ‘कम्प्रोमाइज’ गर्दिन भने ।

अध्यक्षका प्रत्यासी सोमनाथ बरालले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको अध्यक्ष क्याम्पसले पाएको हुँदा गुणस्तरको शाख कायम राख्दै, स्वायत्त कार्यक्रमलाई प्रभावकारी बनाउन, शिक्षक कर्मचारीको स्थायी र बढुवा गर्ने कार्यमा कार्य विधि बनाएर काम गर्न सुझाए ।
पदस्थापना कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई शुभकामना र बधाईसँगै सुझाव पनि दिइएको थियो । संस्थापक पूर्व उपाध्यक्ष हरि बराल, संस्थापक प्राध्यापक प्राडा देवेन्द्र बहादुर लामिछाने, निवर्तमान अध्यक्ष तारा गिरी, पूर्व अध्यक्ष दामोदर चालिसे, इन्द्रबहादुर कुँबर, सल्लाहकार परशुराम बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्ण बहादुर थापा, क्याम्पस प्रमुख लोकराज भण्डारी लगायतका वक्ताले चुनाव जितेको दम्भ नलिई अहङ्कार बिर्सेर क्याम्पसको हितमा क्रियाशील रहन आह्वान गरे ।
क्याम्पस सञ्चालक समितिका ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेश बहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्ण प्रसाद पराजुली निर्वाचित भएका छन् । सदस्यहरू एकल सङ्क्रमणीय निर्वाचन पद्धतिबाट चयन भएका हुन् ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले अध्यक्ष बिजुक्छे सहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोप्यनीयताको सपथ ग्रहण गराए । निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमको सभा पतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा सदस्य एकनारायण अर्यालले शुभकामना मन्तव्य राखेका थिए भने डा.श्रीकान्त शर्मा खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो