टर्की भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

टर्की भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

Turkey-earthquake

पोखरा । टर्कीमा हिजो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ ।

अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा हिजो बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरवारविहीन भएका छन् । विस्थापितहरुलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।

यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरुको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds