काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद भएको बताएका छन् ।
सामाजिक सञ्जालमामार्फत उनले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् ।
सुदखोरबाट मुक्ति दिलाउन र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने मागसहित महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा महानगर प्रहरीले रोकेको थियो ।
खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका थिए । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भइरहेको बेला मेयर बालेनले प्रष्टीकरण दिँदै माइतीघरले न्याय नदिने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस पोष्ट गर्दै यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको बताए । ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ मेयर शाहले भनेका छन्, ‘पिडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो।’
उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यवद्धता रहेको पनि बताएका छन् ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन