काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद भएको बताएका छन् ।
सामाजिक सञ्जालमामार्फत उनले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको बताएका हुन् ।
सुदखोरबाट मुक्ति दिलाउन र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने मागसहित महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा महानगर प्रहरीले रोकेको थियो ।
खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका थिए । खुलामञ्चमा प्रवेश गर्न नदिएको भन्दै महानगरपालिकाको चौतर्फी आलोचना भइरहेको बेला मेयर बालेनले प्रष्टीकरण दिँदै माइतीघरले न्याय नदिने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस पोष्ट गर्दै यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको बताए । ‘न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले दिनुपर्ने हो,’ मेयर शाहले भनेका छन्, ‘पिडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनुपर्ने हो।’
उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहेको बताउँदै आन्दोलनमा ऐक्यवद्धता रहेको पनि बताएका छन् ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’